Badikedar Khabar

खनाललाई नेम्वाङको जवाफः कसको मतपेटिका खाली हुन्छ चुनावमा थाहा हुन्छ

jnhit

इलाम – नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले कसको मत पेटिका रित्तो हुन्छ स्थानीय तह, प्रदेश र प्रतिनिधिसभाको निर्वाचनबाट थाहा हुने प्रतिक्रिया दिएका छन्।

पूर्वप्रधानमन्त्री झलनाथ खनालको निर्वाचन क्षेत्रमा पर्ने इलामको सूर्योदय आयोजित आमसभालाई सम्बोधन गर्दै नेम्वाङले खनालमाथि कटाक्ष गरेका हुन्।

नेकपा एकीकृत समाजवादी पार्टीका नेता झलनाथ खनाले आउँदो चुनावमा एमाले र केपी ओलीको मतपेटिका शून्य पार्नुपर्ने बताएका थिए।

‘इलामको चिया विकास निगम कहाँ पुग्यो? यसको लागि को जिम्मेवार छन्’, उनले भने,‘जनतालाई हिसाब किताब राखेका छन्। पार्टी फुटाएर विपक्षीलाई सत्ता सुम्पनेको मत पेटिका रित्तो हुन्छ कि केपी ओलीको, एमालेको मत पेटिका रित्तो हुन्छ आउँदो चुनावमा थाहा हुन्छ।’

sugag
याे पनि हेर्नुस्
Loading...