बालिका बलात्कारको आरोपमा बैतडी प्रहरीले २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा डडेलधुराको अमरगढी नगरपालिका-५ का २५ वर्षीय महेश तामाङ र २८ वर्षीय गोपाल गुरुङ रहेका छन् ।
चैत ४ गते १४ वर्षीया बालिकामाथि बलात्कार भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काका अनुसार सोही दिन राति दुवै जनालाई पक्राउ गरिएको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए ।
तामाङले बालिकालाई बलात्कार गरेको र गुरुङले बलात्कार कार्यमा सहयोग गरेको खुल्न आएको प्रहरीले जनाएको छ । दुवै जनामाथि मुद्दा दर्ता गरेर अदालतबाट म्याद थपेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।