Badikedar Khabar

स्पेनिस ला लिगा : बार्सिलोनाले रियल मड्रिडलाई ४–० गोल अन्तरले हरायो

काठमाण्डाै – स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले रियल मड्रिडलाई पराजित गरेको छ ।

गएराति रियलको घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले रियल मड्रिडलाई ४–० गोल अन्तरले पराजित गरेको हो । बार्सिलोनाको जितमा पिएर एमेरिक औबामेयाङले २ गोल गर्दा रोनाल्ड अराउजो र फेरान टोरेसले १–१ गोल गरे ।

पहिलो हाफमा २–० को अग्रता लिएको बार्सिलोनाले दोस्रो हाफमा २ गोल थपेको थियो । जितसँगै बार्सिलोना २८ खेलमा ५४ अङ्कसहित  तालिकाको तेस्रो स्थानमा छ । शीर्षस्थानमा रहेको रियल मड्रिडको २९ खेलमा ६६ अङ्क छ ।

यस्तै, दोस्रो स्थानको सेभिल्लाको २९ खेलमा ५७ अङ्क छ ।

तस्बिर : गेटी इमेजेज

याे पनि हेर्नुस्
Loading...