भरत कुमार शाही
मोहन्याल ,नेपाललाई राज्य पुन:संरचना गर्ने क्रममा कैलालीको मोहन्याल गाउँपालिका साबिकका सुगरखाल,पण्डौन र मोहन्याल गा.बि.स हरु मिलेर बनेको गाउँपालिको हो । भौगोलिक रुपमा बिकट मो गाउँपालिका आर्थिक,पर्यटकिय,कृर्षि,सामाजिक तथा साँस्कृतिक रुपमा प्रचुर सम्भाना बोकेको छ । राज्य पुन:संरचना पश्चात् पहिलो पटक भएको २०७४ सालको स्थानिय तहको निर्बाचनमा मोहन्याली जनताहरुको जुन बिकास,परिबर्तन,रोजगार,सबल र सम्बृद्ध मोहन्यालको सपना र त्यही अनुसारका गाउँ-गाउँ सिंहदरबार,घर नजिकको सरकार र सयौँ बिकासका एजेन्डामा प्रस्तुत गरि सो निर्बाचनमा नेकपा(एमाले) र माओबादीले करिब ९०% जनमत प्राप्त गर्दै वडा देखि प्रदेश र केन्द्र सम्म नै मजबत र बलियो सरकार थियो तर बिचमा जेट बिमानरुपी जहाजमा सवार हुँदै केवल एउटा पार्टिको मात्र सरकार थियो ।
तर बर्तमान मोहन्याल गाउँपालिकाको ५ बर्षे सरकार बिकास,शिक्षा,स्वास्थ्य,रोजगार,पर्यटन,कृर्षि लगाएत क्षेत्रमा केबल बिफलता मात्र होइन गाउँपालिकाको स्थायी कार्यलय पनि निर्माण गर्नमा पुर्ण असफल साबित हुनुभयो । निर्वाचन भएको झण्डै १८ महिना सम्म मोहन्यालको कार्यलय धनगढीबाट सञ्चालन भएको थियो भने व्यापक जनताको बिरोध र ने बि संघको अल्टिमेटम पछी मोहन्यालको अस्थायी कार्यलय मोहन्याल वडा नं. ३ को फलेबिशौनामा राख्ने निर्णय भएनुसार गा.पा का सामानहरु ल्याएर आएको ट्रकलाई बौनियाबाट अपहरण गरि फेरि पनि मोहन्यालको कार्यलय भुमिगत शैली मै झोलामा चलाउने र सुखड,बौनिया,लम्कस,चिसापानी लगाएतका ठाउँबाट सञ्चालन गर्ने अस्थिरतालाई कायमै राख्ने काम भयो ।
यो र यस्तै कारणले गर्दा मोहन्याल गाउँपालिकाका करिब ९०% जनताले मोहन्यालको स्थायी कार्यलय सम्म देख्न पाउनुभएन ।स्थायी कार्यलयको अभाबमा जनताका दैनिकी लगाएत तमाम काम/कार्य र सेवा सुबिधा लिनबाट जनताहरु बञ्चित हुनुपर्यो । यसको साथै बिकासमा चरम संस्थागत भष्टाचार मौलाएको छ ।बिकास निर्माण लगाएत प्रधानमन्त्री स्वरोजगारमा पनि व्यापक भ्रष्टचार भएको छ । जसको स्विकार आफैले पनि समय समयमा देखिएको सर्बबिधित नै छ ।आर्थिक बर्ष २०७४/०७५ को योजना तथा कार्यक्रममा चरम आर्थिक अनियमित भएको भन्दै २०७५/०९/१० गते गाउँपालिकाकी उपाध्यक्षज्युले पत्रकार सम्मेलन मार्फत जानकारी गराउनु भएको थियो । जसको परिमाणस्वरुप मोहन्याली जनता बिकासको,परिबर्तन र सम्बृद्धिको( आफ्नो) जनताको सरकार काँग्रेसको नेतुत्वमा बनाउन चाहान्छन ।
मोहन्यालमा नेपाली काँग्रेसले प्रतिपक्षको रुपमा मजबुतिका साथ जनताको आवाज र समस्याहरुलाई उठाएर स्थानिय सरकारलाई घचघच्याउने काम गरेको हो । समय समयमा आर्थिक मामिला,स्थायी कार्यलय ,बिकास निर्माण लगाएत विबिध बिषयमा आवाज उठाउने,बिज्ञेप्ति प्रकाशन तथा ज्ञापन पत्र पनि गाउँपालिकालाई बुझाएको थियो तर दुई तिहाको दम्बले ती तमाम सवाल/समस्याहरुलाई अन्देखि गरियो । यस्तै नेपाली काँग्रेसका नेता तथा पुर्ब जि बि स सदस्य/क्षेत्रपाल २०७४ सालको स्थानिय तहको निर्बाचनमा गाउँपालिका अध्यक्षका उम्मेदवार लोकेन्द्रबहादुर बडुवालको नेतुत्वमा २०७८/०३/२४ गते गाउँपालिकाको कार्यलय लगाएत बिबिध बिषयमा ज्ञापन पत्र बुझाएको हो ।
यस्तै उहाँले नै मोहन्यालको भौगोलिक बिकटतालाई मध्यनजर गर्दै “चिसापानी,राजकाँडा,सुगरखाल,चोसेकाँडा,पण्डौन हुँदै कटुन्जे सम्म चुरे साइड र सोल्टा,ताम्चा,बर्जेना,कोल्तडी हुँदै बिरखेत सम्म रिभर साईड सडकको लागि २०८७/०५/०१ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यलय मार्फत भौतिक पुर्बधार तथा यातायात मन्त्रालयलाई उच्च प्राथमिकताको साथ DPR को लागि कार्य सिफारिस गराउनुभएको छ । नेपाली काँग्रेसले मोहन्यालमा ५ बर्षमा मजबुत प्रतिपक्षी भुमिका निर्बाह गर्नका साथै आन्तरिक संगठन निर्माणमा पनि लागेको जानकारी नै छ ।
निर्बाचन पश्चात् नै संगठन निर्माण र प्रतिपक्षीको भुमिका देखिनुभएको छ – लोकेन्द्रबहादुर बडुवाल । उहाँले घाम,पानी,हिउँद,वर्षा नभनि काम/कार्य गर्नुभएको छ । साथै गाउँपालिकाका निबर्तमान सभापति भिम ब. ताम्लाङ्गीले पार्टि संगठनलाई मजबुत बनाउनु भयो ।यसको साथै क्षेत्र तथा जिल्ला तहको नेतागणले पनि मोहन्यालको संगठन/कार्यक्रममा ध्यान दिनुभयो । पुर्ब मन्त्री मोहनसिंह राठौर,महासमिति सदस्य कमल ब. शाह,पुर्ब क्षेत्रिय सभापति देवानन्द जैशी,महासमिति सदस्य भिम ब. बडुवाल,जिल्ला उप-सभापति प्रकाश बम,टेक नाम्जालि,निबर्तमान बर्दगोरियना सभापती गणेश शाही,लम्कि चुहा नगर सभापति राम ब. बिष्ट लगाएतको उल्लेखनीय भुमिका छ ।
नेपाली काँग्रेसको १४ औँ महाधिबेशनमा मोहन्यालमा नयाँ नेतुत्व आएको छ । नया कार्यसमितिका पदाधिकारीको मिति २०८७/०९/१० गते वडा नं. ३ फलेबिशौनामा बसेको पदाधिकारी बैठक र ०७८/९/१८ गते वडा नं. ४ को खिमडीमा बसेको पुर्ण बैठकको निर्णयनुसार मोहन्यालका सबै वडामा हाल “टोल कार्यसमिति गठन” कार्यक्रमामा जनताको उपस्थिति,लगाब र आकर्षण बढेको छ ।संक्षेपमा भन्नुपर्दा बर्तमान सरकारको चौतर्फि असफलता,काँग्रेसको संगठन सुदृढीकरण,पार्टिमा एकढिक्का/एकता लगाएतले मोहन्यालमा काँग्रेस आकर्षणको केन्द्र बन्दै छ ।
लेखक: भरत कुमार शाही,नेपाली काँग्रेस मोहन्याल गाउँपालिका सचिब )