Badikedar Khabar

नेकपा एमालेको पोलिटब्युरो बैठक बस्दै

काठमाण्डाै – नेकपा एमालेको पोलिटब्युरो बैठक आज बस्दैछ ।

बैठकमा स्थानीय तहको चुनावको तयारीलगायत विषयमा छलफल हुनेछ । बैठक बिहान ११ बजे कार्की बैङ्क्वैट बबरमहलमा बस्ने भएकाे हाे।

jnhit

एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीका अनुसार बैठकमा समसामयिक राजनीतिक स्थितिको विश्लेषण, स्थानीय चुनावका लागि पार्टीको घोषणापत्र, उम्मेदवार छनोटको मापदण्डलगायत विषयमा छलफल हुनेछ ।

पर्सि ९ र १० गते काठमाण्डौमा हुने केन्द्रीय कमिटीको तेस्रो बैठकका पूर्वसन्ध्यामा पोलिटब्युरो बैठक बस्न लागेको हो ।

गएको १ गते भएको एमालेको सचिवालय बैठकले पोलिटब्युरो, केन्द्रीय कमिटी र स्थायी कमिटीका बैठक तय गरेको थियो । स्थायी कमिटीको बैठक आउँदो १३ गते हुनेछ ।

sugag
याे पनि हेर्नुस्
Loading...