धनगढी – बैतडीमा मिनी ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।
आइतबार साँझ पाटनबाट सुर्नयातर्फ आउँदै गरेको से १ ख १२४२ नम्बरको मिनी ट्रक पाटन नजिकै सडकमा पल्टिएको हो।
मिनी ट्रक पल्टिँदा ६ जना घाइते भएका र ६ जनामध्ये एकजनाको उपचारका लागि डडेल्धुरा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले बताए।
सुर्नया गाउँपालिका ३ का २५ वर्षीया दुर्गा चन्दको मृत्यु भएको उनले बताए।
त्यस्तै दुर्घटनामा परेर सुर्नया गाउँपालिका ३ का ३५ वर्षीया माधवी चन्द, ३५ वर्षीया वसन्ती भट्ट र ३३ वर्षीया कलावती भट्ट घाइते भएका छन्। उनीहरुको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ।
यस्तै सामान्य घाइते भएका सुर्नया ३ का २८ वर्षीया निर्मला चन्द र ३३ वर्षीया पार्वती बिष्ट पाटनमा उपचारपछि घर फर्किएकाे प्रहरी निरीक्षक शाहीले बताए।
घर पोत्नका लागि रातो माटो ल्याउन उनीहरु पाटन गएकाे बुझिएको छ। ट्रक चालक पाटन ४ का वीरेन्द्र खत्री फरार छन्।