डोटी ७ फागुन । डोटीको बडीकेदार गाँउपालिका वडा नं १ बस दुर्घटना हुदा चार जना घाइते भएका छन् ।
इलाका प्रहरी कार्यालय विपीनगरका प्रहरी निरीक्षक मोहन साउदका अनुसार डोटीको घाङलबाट कैलालीको जोशीपुरका लागि आउदै गरेको ना ४ ख ३६०७ नम्बरको बस आज बिहान वडा नं १ अलाडी मोहन्याल मन्दिर नजिक दुर्घटनामा परेको हो । प्रहरीका अनुसार बसमा २२ जना सवार थिए ।
घाइतेहरुलाई उपचारका लागि माया मेट्रो अस्पताल धनगढी पठाईएको पनि प्रहरी निरीक्षक साउदले बताए । घाइतेको अवस्था सामान्य रहेको प्रहरीले बताएको छ ।