Badikedar Khabar

एमालेले वैशाख ९ गते चुनावी घोषणापत्र सार्वजनिक गर्ने

काठमाडौँ– एमालेले आगामी ९ वैशाखमा आसन्न स्थानीय तह निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गर्ने भएको छ। पार्टी स्थापना दिवसको अवसर पारेर एमालेले चुनावी घोषणपत्र सार्वजनिक गर्न लागेको हो।

अहिले चुनावी घोषणापत्रको मस्यौदा बनाउने काम भइरहेको छ। सोमबार बसेको एमाले पोलिटब्यूरो बैठकले पार्टी स्थापना दिवसको अवसर पारेर चुनावी घोषणापत्र सार्वजनिक गर्ने निर्णय गरेको उपमहासचिव पृथ्वीसुब्बा गुरुङले जानकारी दिए।

सोमबारको बैठकमा उम्मेद्वारहरूको मापदण्ड के हुन्छ भन्ने विषयमा थप छलफल भएको उपमहासचिव गुरुङले बताए। मापदण्डको विषयमा छलफल भएको र केही आधार तय गरेको उनको भनाइ छ।

याे पनि हेर्नुस्
Loading...