Badikedar Khabar

सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लामा रहेका सक्रिय महिला पत्रकार हरूकाे भेला डडेल्धुरामा आयोजना गरिने

डडेल्धुरा । सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लामा रहेका सक्रिय महिलाहरुको भेला डडेल्धुरामा आयोजना गरिने भएको छ । नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितीको आयोजनामा मंगलबार डडेल्धुरा सदरमुकाममा महिला पत्रकारहरुको भेला आयोजना गरिने भएको हो ।

भेलामा नौ वटै जिल्लाका महिला पत्रकारहरु सहभागी हुने छन । महिला पत्रकारहरुको क्षमता विकासका लागी भेलाको आयोजना गरिएको जनाईएको छ । भेलामा सुदूरपश्चिम प्रदेश आन्तरिक मामिला तथा कानुन, सञ्चार मन्त्रि पूर्णा जोशी प्रमुख अतिथि रहने अध्यक्ष योगेश रावलले बताए ।

भेलामा सुदूरपश्चिमका अग्रज पत्रकार एवं महिला पत्रकारहरुले पत्रकारिता क्षेत्र लगायत क्षमता विकासका लागी प्रश्तुतीहरु राख्ने जनाईएको छ ।

याे पनि हेर्नुस्
Loading...