दिपायल , उच्च अदालत दिपायलले आज देखि भर्चुअल सुनुवाइ पद्धति सुरु गरेको छ।
भर्चुअलको उद्घाटन सर्बोच्च अदालतका माननीय न्यायाधीश कुमार रेग्मीले एक कार्यक्रमका बीच गर्नु भएको हो।
सर्बोच्च अदालतले न्यायमा पहुँच कार्यक्रमलाई जोड दिई रहेको समयमा उच्च अदालत दिपायलका कायम मुकायम मुख्य न्यायाधीश टेकनारायण कुवरको सक्रियतामा प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको कानुनी सहायता परियोजना अन्तर्गत सो प्रबिधिको स्थापना गरिएको छ। उक्त कार्यक्रम आन्तरिक मामिला तथा कानुन मन्त्री पुर्णा जोशीको समेत उपस्थित रहेको थियो ।