काठमाडौँ – विश्वकप क्रिकेट लिग दुई अन्तर्गत त्रिदेशीय शृङ्खलामा नेपालले मंगलबार पपुवा न्युगिनीसँग प्रतिस्पर्धा गर्दैछ । नेपाली समय अनुसार बिहान ११ बजेर १५ मिनेटमा युएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेल हुनेछ । अहिलेसम्म खेलका तीन मध्ये दुई खेलमा पराजित भएको छ । युएईसँग दुई खेलमा पराजित भएको नेपालले यसअघि पपुवा न्युगिनीलाई भने हराउन सफल भएको थियो । नेपाल पराजित भएको युएईलाई भने पपुवा न्युगिनीले पराजित गरेको थियो । सात देश सम्मिलित लिग दुईमा २८ खेलबाट ३६ अंक जोडेको ओमन शीर्षस्थानमा छ भने १८ खेलबाट २२ अंक जोडेको युएई दोस्रो स्थानमा छ। नेपाल भने ११ खेलबाट १० अंक जोड्दै छैटौँ स्थानमा रहँदा १५ खेलबाट दुई अंक जोडेको पपुवा न्युगिनी तालिकाको पुछारमा छ।