काठमाडौँ,१४चैत। आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा १ करोड ७७ लाख ३३ हजार ७ सय २३ जना मतदाता हुने भएका छन् ।
निर्वाचन आयोगको आइतबार बसेको बैठकले अन्तिम मतदाता नामावली टुंगो लगाएको हो ।
आयोगका अनुसार ८९ लाख ९२ हजार १० जना पुरुष मतदाता छन् भने ८७ लाख ४१ हजार ५ सय ३० जना महिला मतदाता छन् । अन्यमा १८३ जना मतदाता छन् । सबैभन्दा बढी मतदाता मोरङमा ७ लाख १५ हजार २ सय २३ जना छन् । सबैभन्दा कम मनाङमा ६ हजार ४ सय ९६ मतदाता रहेको आयोगले जनाएको छ ।
२०७४ सालको स्थानीय तहको चुनावमा १ करोड ४० लाख ७२ हजार ४२४ मतदाता थिए । तीमध्ये ७० लाख ७९ हजार १५३ पुरुष थिए भने ६९ लाख ९३ हजार १४४ जना महिला मतदाता थिए । जस अनुसार अघिल्लो स्थानीय तहको चुनावको तुलनामा यसपटकको चुनावमा ३६ लाख ६१ हजार २९९ नयाँ मतदाता थपिएका हुन् ।
स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले मंसिर १७ गतेदेखि एक महिना मतदाता नामावली संकलन अभियान चलाएको थियो ।
याे पनि हेर्नुस्
- फेसबुकबाट प्रतिक्रिया
- Disqus Comments