Badikedar Khabar

ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

डाेटीकाे पुर्विचौकी गाउँपालिका–७ पोखरीको तिनट्टेमा से १ त ७८३९ नम्बरको ट्याक्टर दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । भने एक जना घाइते भएका छन् ।  मृत्यु हुनेमा चालक  गौरीगङ्गा नगरपालिका– ४ ज्ञान बहादुर चौधरीको घटनास्थल मै मृत्यु भएको हो । चौरापाटी गाउँपालिका–३ का नरबहादुर भुल रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ ।
घाइतेको उपचारका लागी जिल्ला अस्पताल डोटी ल्याई रहेको प्रहरीले जानकारी दिएको छ । ट्याक्टर अनियन्त्रित भई दुर्घटना भएको प्रारम्भिक जानकारी प्राप्त भएको प्रहरीले जानकारी दिएको छ ।
याे पनि हेर्नुस्
Loading...