Badikedar Khabar

औधोगिक गुरुयोजना तथा उद्योग स्थापनाका लागि सम्भाब्यता अध्ययन सम्बन्धि १ दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न ,

एकेन्द्र चन्द डोटी, डोटीको बडिकेदार गाउँपालिका मा १ दिने औद्योगिक गुरुयोजना तथा उधोग स्थापनाका लागि सम्भाब्यता अध्ययन सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

अन्तरकृया कार्यक्रममा डोटी जिल्लामा औद्योगिक गुरुयोजना तयारीका लागि छलफल तथा अन्तरकृया गर्दै स्थानीय स्थरमा उपलब्ध श्रोत साधन सम्बन्धि पनि अन्तरकृया गरिएको थियो ।

सो कार्यक्रममा बोल्दै घरेलु तथा साना उधोग कार्यालय राजपुर डोटीका प्रमुख दिपेन्द्र शाहले हामिहरुले डोटीमा केहि उत्पादन नगरेको र उत्पादन गरेको बस्तुहरु पनि किसानले कौडिका भरमा बेच्नु पर्ने र कोहि अथिति पाउना डोटी आएमा उनिहरुलाइ खप्तड को फोटो मात्र पठाएर बिदाइ गर्नु पर्नेअवस्था रहेको र स्थानीय स्थरको उत्पादनलाई बढि प्राथमिकता दिनु पर्नेमा जोड दिनु भएको थियो ।

त्यस्तै कार्यक्रममा प्रमुख अथितिको आसनबाट बोल्दै बडिकेदार गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर चल्दले बडिकेदार गाउँपालिकाको हरेक क्षेत्रमा कुनै न कुनै उत्पादनको हिसाबले पकेट क्षेत्र रहेको र स्थानीय स्थरमा उत्पादित बस्तु बजार अभाव र बस्तुको भाउनै किसानले नपाउदा समस्या भएको बताउनु भएको छ।

त्यस्तै कार्यक्रममा बोल्दै बडिकेदार गाउँपालिकाका उपाध्यक्ष इन्द्रा बोहरा (भाट)ले बडिकेदारमा अदुवा पकेट क्षेत्र भएकाले अदुवा प्रसोधन केन्द्र लगायत र उचित तालिम संचालन गर्नु पर्ने धारणा राख्नु भएको थियो ।

यस भन्दा अगाडि जोरायल गाउँपालिकाको बुडरमा औद्योगिक ग्राम स्थापना भए पनि त्यसले खासै गति लिन भने सकेको छैन ।

याे पनि हेर्नुस्
Loading...