Badikedar Khabar

सहकारी दिवस मनाउन वृहत छलफल

jnhit

धनगढी, चैत १६ – ‘मर्यादित व्यवसाय र प्रविधिमा सहकारी’ भन्ने मूल नाराका साथ चैत २० गतेका दिन धनगढीमा ६५ औं सहकारी दिवस मनाइने भएको छ । सहकारी दिवस भव्यताका साथ मनाउनका लागि बुधबार धनगढीस्थित जिल्ला सहकारी संघ लिमिटेडको कार्यालयमा धनगढीमा रहेका सहकारीका प्रतिनिधिबीच छलफल भएको छ ।
राष्ट्रिय सहकारी संघका पूर्व सञ्चालक भोजबहादुर बमको उपस्थितिमा भएको वृहत छलफलमा जिल्ला सहकारी संघ लिमिटेडका कार्यवाहक अध्यक्ष भूपेन्द्र थापाको संयोजकत्वमा १५ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ । यसका साथै सहकारी दिवसका अवसरमा चैत २० गतेका दिन बिहान साढे सात बजे भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको कार्यालयबाट प्रभातफेरी गरेर जिल्ला सहकारी संघ लिमिटेडको प्राङ्गणमा सभामा परिणत भइ समापन हुने बताइएको छ ।

सहकारी दिवस मनाउन छलफल गर्दै सहकारीका प्रतिनिधिहरु ।

sugag
याे पनि हेर्नुस्
Loading...