गोरखापत्र संस्थानको महाप्रबन्धकमा लाल ऐरी नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले पत्रकार ऐरीलाई महाप्रबन्धकमा नियुक्त गर्ने निर्णय गरेको हो । कान्तिपुर टेलिभिजनका जिल्ला ब्युरो प्रमुख ऐरी नेपाल प्रेस युनियनका सुदूरपश्चिम संयोजक समेत हुन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरा निवास ऐरी १८ वर्षदेखि पत्रकारितामा छन् । पत्रकारितामा एमफिल गरेका ऐरी डडेल्धुरा शान्ति समाजको संयोजक समेत भएका थिए ।