Badikedar Khabar

चुनावमा मिलेर जाने गठबन्धनको निर्णय; पार्टीकाे अवस्था बुझ्न प्रदेश, जिल्ला र पालिकामा संयन्त्र

काठमाण्डाै – सत्ता गठबन्धनका पाँच दलले आउँदाे वैशाख ३० गते हुने स्थानीय तहको चुनावमा सहकार्य गर्ने निर्णय गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहीवार बसेको नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरूको बैठकले आउँदाे स्थानीय तहको चुनावमा पाँच दलीय गठबन्धन मिलेर जाने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।

गठबन्धनका लागि सबै दलका प्रदेश, जिल्ला र पालिकास्तरका शीर्ष नेताहरूको संयन्त्र बनाउने र संयन्त्रले पाँच दलको अवस्थाबारे यही २२ गतेसम्म प्रतिवेदन केन्द्रमा बुझाउन निर्देशन दिने पनि निर्णय गरेको छ । संयन्त्रले पालिका, जिल्ला र प्रदेशमा पार्टीहरूको अवस्थाबारेको जानकारीसहित प्रतिवेदन तयार पारेपछि कहाँ कसरी जाने भन्ने निर्णय हुने कार्कीले बताउनुभयो ।

हिजो बुधवार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले महानगर र उपमहानगरको तालमेलबारे केन्द्रीय शीर्ष नेताहरूले नै निर्णय गर्ने बताउनुभएको थियो । तर आजको बैठकमा पहिला संयन्त्रले प्रतिवेदन बुझाएपछि मात्रै निर्णय हुने कांग्रेस नेता कार्कीले बताउनुभयो । ‘समग्रमा भन्नुपर्दा चुनावमा हामी पाँच दल एकजुट भएर जाने निर्णय भएको छ, यत्ति बुझ्नुहोस्’, उहाँले भन्नुभयो

याे पनि हेर्नुस्
Loading...