Badikedar Khabar

दुर्घटनामा वडा सचिवको मृत्यु

इनरुवा । सुनसरीको रामधुनी नगरपालिका–६ बक्लौरीमा गए राति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा रामधुनी नगरपालिका–६ का वडा सचिव ५३ वर्षीय नन्दकुमार श्रेष्ठ रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले बताए ।

इचोलबाट बक्लौरीतर्फ जाँदै गरेको को २४ प ९४५६ नंको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना भएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका श्रेष्ठको उपचारका क्रममा धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ  ।

याे पनि हेर्नुस्
Loading...