Badikedar Khabar

बडीकेदार गाउँपालिका मा को को हुन सम्भावित अध्यक्षका उम्मेदवार ?

ललित बडैला  ,

नेपाल सरकारले स्थानीय तहको निर्वाचन २०७९ वैशाख ३० गर्ने निर्णय गरेको छ ।

निर्वाचन आयोगले एकै चरणमा गर्ने भए १४ वैशाख र दुई चरणमा गर्ने भए १४ र २२ वैशाखको मिति सिफारिस गरेको थियो । तर सत्तारुढ पाँच दलीय गठबन्धनले जेठ मसान्तभित्र निर्वाचन गर्ने बताएपछि आयोगले ४ जेठ प्रस्ताव ग¥यो ।

स्थानीय तह निर्वाचन ऐन अनुसार हाल कायम रहेका स्थानीय जनप्रतिनिधिको कार्यकाल ५ जेठ २०७९ मा सकिने छ । ४ जेठमा चुनाव गर्दा केही दिन स्थानीय तह जनप्रतिनिधिविहीन हुने अवस्था आएपछि सरकारले नयाँ मिति तोकेको बताइएको छ । अब २०७९ वैशाखमा संवैधानिक व्यवस्थाअनुसार नै स्थानीय तहको निर्वाचन हुने भएको छ । चुनावको मिति तोकिए सँगै चुनावको माहौल तातिन थालेको छ ।

स्थानीय तहको निर्वाचन घोषणा गरेपछि बडीकेदार गाउँपालिकामा पनि राजनीतिक दलका प्रतिनिधिहरूले सक्रियता बढाएका छन् । नेताहरूले सामान्य भेटघाट देखि चिया पसल सम्म बहस छलफल सुरु हुन थालेको छ । दलले निर्वाचनको माहौल बनाउन बैठक, सभा, सम्मेलन तथा कार्यकर्तासँग भेटघाटलाई निरन्तरता दिन थालेका छन् ।

सबै दलहरू भित्र गाउँपालिका का अध्यक्ष,उपाध्यक्ष को हुने भन्ने बहस र आङ्कलन सुरु हुन थालेका छन् ।

 

बडीकेदार गाउँपालिकामा मुख्य तय नेकपा एमाले, नेपालि काङ्ग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी बिच कडा प्रतिस्पर्धा हुने देखिएको छ । सबै सङ्गठन वडा टोल सम्म नै बलियो रहेको पाइन्छ । उनीहरूले वडा टोलमा सङ्गठन बिस्तार गर्ने काम गरिरहेका छन् ।

काँग्रेसमा अध्यक्षका दाबेदार को को हुन ?

काँग्रेसले यो पटक स्थानीय निकायमा आफ्नो जित पक्षमा पार्ने दाबी गर्दै आएको छ । गत निर्वाचनमा बडीकेदार गाउँपालिकामा जित निकालेको थियोे ।उसले यो पटक जसरी पनि जित्ने दाबी गर्दै आएको छ । अहिले काँग्रेस बाट अध्यक्षका लागी सम्भावित नामहरूको चर्चा हुन थालेको छ ।

सम्भावित नामहरू मध्ये अध्यक्ष मा जितेका कृष्ण बहादुर चन्द,  उपाध्यक्ष मा जितेकी ईन्द्र बोहरा भाट ,  भैरब साँउद ,  टोप बहादुर चन्द ,  बुद्धीसागर बिनाडी ,  बिरेन्द्र कोटकेन्नी गापा अध्यक्षमा दाबी गर्ने बताइएको छ । यी नामहरू चर्चामा आए पनि अहिले नै यही हो भन्न नसकिने नेपाली काँग्रेस पार्टीले जनाएको छ ।

नेकपा एमाले बाट अध्यक्षका दाबेदार को को हुन ?
बडीकेदार गाउँपालिको सत्ता बाहिर रहेको नेकपा ऐमाले यतीबेला सत्ता हातमा लिने दाउमा छ । अध्याक्ष मा अहिले सम्म चक्र धर्ति , मोहन बोहरा , प्रकाश धामीको नाम चर्चा भएको बताइएको छ । अहिले नै यहि हो भन्न नसकिने नेकपा ऐमाले ले जनाएको छ ।

नेकपा माओवादी केन्दबाट अध्यक्षका दाबेदार बाट को को हुन ?

माओवादीले नगरपालिका भित्रका विभिन्न वडामा आफ्ना सङ्गठन बिस्तार गरेको छ । साथै चुनाबि मैदानमा हुमियको छ ।

माओवादीबाट अध्यक्षमा गत निर्वाचन हारेका  जंग बिक शैलेन्द्र,   दिनेश धर्तिमगर ,लक्षमण नाथ ,लगायका अध्यक्षमा उम्मेदवार बन्न सक्ने नेताहरूले बताएका छन् ।

एकीकृत समाजवादी बाट अध्यक्षका दाबेदार को को हुन ?

एमालेबाट अलग भएको एकीकृत समाजवादीले गाउँपालिका भित्रका विभिन्न वडामा आफ्ना सङ्गठन बिस्तार गरेको छ ।

एकीकृत समाजवादी बाट अध्यक्षमा सम्भावित उम्मेदवारहरू तथा गत चुनावमा हार बेहोरेका भतm साँउद मुख्य दाबेदार रहेको स्रोतले बताएको छ । यती बेला जसरी पनी अध्यक्ष्मा जित निकाल्ने दाउमा छन । सम्भव त यनी एक्ला उम्मेद्धवार पनि रहेको एकीकृत समाजवादी पार्टीले जनाएको छ ।

याे पनि हेर्नुस्
Loading...