Badikedar Khabar

महिनावारी स्वच्छता सामाग्री आपूर्ति प्रणाली उधमशिलता तालिम : बडिकेदारमा सुरु

एकेन्द्र चन्द डोटी,

डोटीको बडिकेदार गाउँपालिकामा महिनावारी स्वच्छतता सामाग्री आपूर्ति प्रणाली उधमशिलता तालीम सुरु भएको छ तालिम भोलि सम्म चल्न्ने जनाएको छ ।

कार्यक्रमको लक्ष्य बारे जानकारी दिदै ग्रामीण जलश्रोत परियोजना बडिकेदार गाउँपालिकाका संयोजक तिलक मल्लले महिनावारि सम्बन्धि साझा धारणा बनाउने महिनावारी सम्बन्धि सामाग्री तयार गर्ने र कहाँ कहाँ पाइन्छ । भन्ने बिषयमा छ्लफल गरिने बताएका थिए ।

कार्यक्रममा प्रमुख अथिति को आसन बाट बोल्दै महिनावारी स्वच्छतता मात्र नभएर सामाजिक राजनीति स्वच्छतता मा महिलाको भुमिका महत्त्वपूर्ण रहेको भन्दै महिलाहरुको हितको लागि गाउँपालिका सधै तयार रहेको अध्यक्ष चन्दले बताउनु भएको छ।

कार्यक्रमा सभापतिको आसन बाट बोल्दै निमित्त प्रमुख प्रशासकिय अधिकृत एबम बडिकेदार गाउँपालिकाका शिक्षा युबा तथा खेलकुद साखाका प्रमुख बिबेक देउबाले महिनावारी सोच परिबर्तन नहुदा अन्त्य हुन नसक्दा विद्यार्थी को गुणस्तरमा यसले निकै नकारात्मक परिवर्तन पारेकाले यसलाइ सबै मिलेर अन्त्य गर्नु पर्नेमा जोड दिनु भएको थियोे ।

याे पनि हेर्नुस्
Loading...