अफगानिस्तानको पञ्जशीर प्रान्तमा तालिवान र बिपक्षी सेनाबीचको भिडन्तमा २० जना सर्वसाधरण मारिएको बीसीसीले जनाएको छ ।
तालिवानले काबुलसहित देशका अन्य प्रान्त कब्जा गरे पनि पञ्जशीर अझै पूर्ण रुपमा तालिवानको कब्जामा आउन सकेको छैन ।
भिडन्तका क्रममा एक युवकलाई तालीवानले घेरा हाली गोली हानेको दृश्य भाइरल भएको छ । दुई समुहको भिडन्तकै बीच तालीवानले सीम कार्ड बेचेको आरोपमा एक पसल सञ्चालकको गोली हानी हत्या गरेको बताइएको छ ।
दशकौंदेखि अफगानिस्तानको प्रतिरोधको केन्द्रको रुपमा रहेको पञ्जशीर प्रान्तको नेतृत्व बिपक्षी कमाण्डर अहमद साह मसदुले सम्हालेका छन् ।
जसले पछिल्लो समय रुसी सेना र तालीवान दुबैलाई पराजित गर्न सफल भएको थियो । तालिवानले अफगानिस्तानका कब्जा जमाएपछि पञ्जशीर प्रान्त पनि कब्जामा लिन संघर्ष जारी राखेको हो