हाल नेपालमा भारतको बिहार आसपास रहेको न्यून चापीय रेखाको सामान्य प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही अन्य भू–भागमा आजको मौसम सामान्यतया सफा रहने जनाएको छ ।

उल्लेखित तीन प्रदेशका प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्सहित हल्का वर्षाको पनि सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।
अहिले बिहान प्रदेश १ मा आंशिक देखि सामान्य बदली रही देशका अन्य भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।
प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आज राति पनि आंशिक देखि सामान्य बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने पूर्वानुमान मौसमविद्ले गरेका छन् ।
प्रदेश १ र गण्डकीका पहाडी भू–भागका एक वा दुई स्थानमा राति मेघगर्जन र चट्याङ्सहित हल्का वर्षाको सम्भावना पनि रहेको छ ।
