Badikedar Khabar

कलंकीमा मोटरसाइकल दुर्घटना हुँदा चालक युवतीको ज्यान गयो

काठमाण्डाै – काठमाण्डौको स्यूचाटारमा मोटरसाइकल दुर्घटनामा चालकको ज्यान गएको छ । हिजो बेलुका वाग्मती प्रदेश ०२– ०२१ प ६३३१ नम्बरको मोटरसाइकल डिभाइडरमा ठोक्किएर पल्टिँदा नुवाकोट घर भई अहिले थानकोट बस्ने अन्दाजी २५ वर्षकी लक्ष्मी दर्नालको ज्यान गएको प्रहरीले जनाएको छ ।

उहाँको उपचारका क्रममा राति १० बजे नेपाल नेशनल अस्पताल कंलकीमा ज्यान गएको हो । तीब्र गतिका कारण मोटरसाइकल दुर्घटना भएको  प्रहरीले जनाएको छ । यस्तै, प्रहरीकाअनुसार चालकको साथमा सवारी अनुमति पत्र लाइसेन्स समेत नभएको पाइएको छ ।

याे पनि हेर्नुस्
Loading...