Badikedar Khabar

सन्दीपकाे कप्तानीमा नेपाललाई पहिलाे उपाधि : दीपेन्द्र सर्वाेत्कृष्ट खेलाडी, करण उत्कृष्ट बलर

काठमाण्डाै – नेपालले त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाकाे उपाधि जितेकाे छ । आज साेमवार त्रिवि क्रिकेट मैदानमा भएकाे खेलमा पपुवा न्युगिनी (पीएनजी) लाई ५० रनले हराउँदै नेपालले अपराजित रहँदै उपाधि जितेकाे हाे ।

याेसँगै नेपालले सन्दीप लामिछानेकाे कप्तानीमा पहिलाे उपाधि जितेकाे हाे । यसअघि सन्दीपकै कप्तानीमा त्रिवि क्रिकेट मैदानमा पीएनजीसँग भएकाे एकदिवसीय शृङ्खलामा नेपाल पराजित भएकाे थियाे ।

नेपालले घरेलु मैदानमा लगातार दाेस्राे उपाधि जितेकाे हाे । यसअघि नेपालले घरेलु मैदानमा सन् २०२० मा नेदरल्यान्ड्स र मलेसिया सम्मिलित शृङ्खला जितेको थियो ।

दीपेन्द्र ‘प्लेयर अफ दी सिरिज’, करण ‘उत्कृष्ट बलर’

नेपाल, पीएनजी र मलेसिया सहभागी त्रिदेशीय टी–२० शृङ्खलाको ‘प्लेयर अफ दी सिरिज’ नेपालका दीपेन्द्रसिंह ऐरी घोषित भए । उनले प्रतियोगिताभरि पाँच खेलमा दुई सय ५५ रन बनाउनुका साथै सात विकेट पनि लिए । ऐरी आजको फाइनल खेलमा ‘प्लेयर अफ दी म्याच’ समेत भए ।

यस्तै नेपालकै करण केसी उत्कृष्ट बलर भएका छन् । उनले शृङ्खलाकाे पाँच खेलमा १३ विकेट लिए । उत्कृष्ट ब्याट्सम्यान भने पीएनजीका टोनी उरा भए ।

याे पनि हेर्नुस्
Loading...