Badikedar Khabar

अध्यादेश ल्याएर भए पनि निजी क्षेत्रलाई बिजुली व्यापारकाे इजाजतपत्र दिइन्छ : मन्त्री भुसाल

काठमाण्डाै – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले अध्यादेश ल्याएर भए पनि निजी क्षेत्रलाई बिजुली व्यापारको इजाजतपत्र दिइने बताउनुभएको छ ।

काठमाण्डाैमा भइरहेकाे हिमालयन हाइड्रो एक्स्पोमा आजा साेमवार मन्त्री भुसालले यस्ताे बताउनुभएकाे हाे । मन्त्रालयले इजाजतपत्र दिनका लागि कार्यविधि र नियमावली तयार गरेको भए पनि प्रक्रियागत रूपमा कानुन मन्त्रालयमा पठाउँदा कार्यविधि बनाएर दिन नपाइने प्रतिक्रिया पाएकाले दिन नसकेको उहाँकाे भनाइ छ ।

मन्त्री भुसालले भन्नुभयाे, ‘हामीले झन्डै तीन महिना लगाएर निजी क्षेत्रलाई बिजुली व्यपारकाे लाइसेन्स दिने कार्यविधि, नियमावली तयार पार्‍याैँ । तर कार्यविधि बनाएर पाइँदैन भन्ने प्रतिक्रिया पायाैँ । त्यसका लागि कि अध्यादेश ल्याउनुपर्‍याे, कि अर्को केही विधि खोज्नुपर्‍याे भन्ने छ । पर्‍याे भने अध्यादेशबाटै भए पनि निजी क्षेत्रलाई बिजुली व्यापारकाे लाइसेन्स दिने कुरामा सरकार र हामी सकारात्मक र प्रतिबद्ध छाैँ । ’

कार्यक्रममा मन्त्री भुसालले घरायसी प्रयोजनमा विद्युतीय उपकरणको प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो । पेट्रोलियम पद्धार्थको विकल्पका रूपमा जलविद्युतलाई लिइनुपर्ने उहाँको भनाइ छ । उहाँले आउँदाे आर्थिक वर्षको बजेटमा विद्युतीय उपकरणको प्रयोगलाई बढाउन नीतिगत रूपमा सम्बोधन गर्ने र बजेटको व्यवस्था गर्ने पनि बताउनुभयो ।

याे पनि हेर्नुस्
Loading...