उदयपुरको बेलका नगरपालिकामा-३ मा १५ वर्षीया किशोरीको शव फेला परेको छ । मंगलबार आज बिहान ५ बजेतिर ट्युसन पढ्न भनेर घरबाट निस्केकी कविता सुनुवारको शव फेला परेको इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक तेजबहादुर दाहाल बताए ।
स्थानीय बासिन्दाले बिहान ७ बजे किशोरीको शव फेला परेको जानकारी दिएपछि प्रहरी घटनास्थल पुगेको हो । १० कक्षामा अध्ययनरत उनी ट्युसन पढ्न हरेक बिहान श्री कोसी जनता उच्च माविमा जाने गर्थिन् ।
घरभन्दा झन्डै दुई किलोमिटर टाढा खोल्साको किनारमा शव भेटिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले घट्नाबारे थप अनुसन्धान गरिरहेको छ ।