Badikedar Khabar

एमालेसँग चुनाव लड्न नसक्ने भएपछि गठबन्धन बनाए : केपी ओली

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले एमालेसँग निर्वाचन लड्न नसकेपछि गठबन्धन तालमेल गर्न लागेको आरोप लगाएका छन्।

वीरगन्जमा आज (मंगलबार) आयोजित कार्यक्रममा उनले एमालेसँग चुनाव लड्न नसक्ने भएपछि सत्तारुढ दल गठबन्धन बनाएर तालमेल गर्न लागेको आरोप लगाए ।

jnhit

उनले भने, ‘एक्लै एमालेसँग लड्न सकिन्न, अस्तिदेखि भन्याभन्यै छ । आज त झनै यति साथी एमाले प्रवेश गरिसक्नुभएको छ । अहिले के भयो होला उनीहरूलाई ।’

ओलीले अगाडि भने, ‘हजारौँ मानिस एमाले प्रवेश गर्नुभन्दा अगाडि नै भन्दै थिए एमालेसँगै एक्लै लड्न सकिँदैन । गठबन्धन कायम राखेर, तालमेलबाट लड्नुपर्छ भने ।’

यस्तै, अध्यक्ष ओलीले केही स्वार्थी व्यक्तिले आफू मधेशविरोधी रहेको हल्ला चलाएको बताए ।

‘केपी ओली मधेशविरोधी हो भन्ने हल्ला चलाए केही स्वार्थी मान्छेहरूले,’ उनले भने, ‘म मधेशको मान्छे । ६० वर्षदेखि मत मधेशको बासिन्दा हो । ६० वर्षदेखि मधेशमा बसेको छु ।’

sugag
याे पनि हेर्नुस्
Loading...