Badikedar Khabar

मित्रपार्कमा ५० फिट गहिराे इनारमा खसेकी महिलाकाे उद्धार

काठमाण्डाै – काठमाण्डौको बूढानीलकण्ठ नगरपालिका ३ मित्रचोकमा ५० फिट गहिरो इनारमा खसेकी एक महिलाको प्रहरीले उद्धार गरेको छ ।

मित्रचोकमा हरि श्रेष्ठको घरमा डेरा गरी बस्ने सिन्धुपाल्चोकको तातोपानी घर भएकी ४५ वर्षकी पेमा शेर्पा हिजो साेमवार दिउँसो इनारमा खस्नुभएको थियो । शेर्पाको उद्धारका लागि महानगरीय प्रहरी प्रभाग बूढानीलकण्ठले नेपाल प्रहरीको विपद् व्यवस्थापन महाशाखा सामाखुसीलाई आग्रह गरे पनि १७ जनाको प्रहरी टोलीले उहाँको उद्धार गरेको हाे ।

बेहोस अवस्थामा उद्धार गरिएकी शेर्पाको उपचार भइरहेको र अहिले उहाँ बोल्न सक्ने अवस्थामा रहेको महानगरीय प्रहरी परिसर टेकुले जनाएको छ ।

याे पनि हेर्नुस्
Loading...