उदयपुर – उदयपुरको बेलका नगरपालिका ३ बुद्धचाेककी १५ वर्षीया कविता सुनुवारको मृत्यु प्रकरणमा अनुसन्धान थालेको प्रहरीले दुई जनालाई नियन्त्रण गरेको छ । प्रहरीले नियन्त्रणमा लिएकाहरूको विवरण भने सार्वजनिक गरेको छैन ।
इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक (इन्स्पेक्टर) तेजप्रसाद दाहालले अनुसन्धानका लागि दुई जनालाई केही बेरअघि नियन्त्रणमा लिइएको जानकारी दिनुभयाे । ‘घटनाको अनुसन्धान गरिरहेका छौँ, उहाँले भन्ननुभयो, ‘अनुसन्धानका क्रममा दुई जना युवकलाई नियन्त्रणमा लिएका छौँ ।’
ट्युशन जान भनेर घरबाट निस्केकी कविता आज मङ्गलवार बिहान मृत भेटिएकी थिइन् । जशाेधा खोलाको किनारमा काठका मुढाहरू थुपारिएको ठाउँमा घोप्टो परेको अवस्थामा उनको शव फेला परेको हाे । उनको हत्या भएको आशङ्कामा प्रहरीले अनुसन्धान थालेको छ ।
स्थानीयवासीले बालिकाको मृत्यु नभइ निर्मम हत्या भएकाले निष्पक्ष छानबिनको हुनुपर्ने भन्दै नाराबाजी गरेका छन् ।