Badikedar Khabar

चौलानी नदीमा बगेर बैतडीका एकजनाको मृत्यु

बैतडी –चौलानी नदीमा बगेर बैतडीका एकजनाको मृत्यु भएको छ । जिल्लाको डिलाशैनी गाउँपालिका वडा नं ६ सौगाउँका आन्दाजी ४५ बर्षीय खडक बोहराको नदीमा बगेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले बताए ।

मंगलबार बिहान ११ बजेतिर बांगाबगर भन्ने स्थानबाट नदीमा गाई तार्ने क्रममा बोहरा बगेका प्रहरीले जनाएको छ । उनी दार्चुलाको बस्कोट तर्फ गाई तारेर लैजाँदै थिए ।

बांगाबगरबाट बगेका बोहराको शव दोगडाकेदार गाउँपालिका ६ चम्तडी भन्ने स्थानमा नदी किनारमा फेला परेको प्रहरीले जनाएको छ । उनको शव पोष्टमार्टम लागि गोकुलेश्वर अस्पातलमा राखिएको छ । घटनाको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ

याे पनि हेर्नुस्
Loading...