तेजु ओली , दलित महिला को बिकास र सामाजिक न्याय का लागि सासन सुदृढीकरण परियोजना थप तिन बर्ष सम्म सन्चालनहुने भएको छ। आज दिपायल सिलगढी नगरपालिका को सभा हलमा परियोजनाको परिचयात्मक कार्यक्रम गरी दलित नागरिकको शिक्षा,दलित महिला उम्मेदवार बनाउने ,पाटिलाइ खबरदारी गर्ने तकि दलित महिला लाइ उम्मेदवारी बनाउन दबाब , उम्मेदवार तयारी गर्ने ,जिताउन पहल गर्ने,जितिसके पछि दलितका हक र हितका लागि कार्यान्वयन गर्ने गरी दिपायल सिलगढी नगरपालिका मा लागु भएको जिल्ला परियोजना संयोजक योगेश मल्ल ले जानकारी दिनुभयो।
नगर पालिका का ३ हजार ७ सय ५७ जना लाइ तालिम गोष्ठी सेमिनार समुहलाइ परिचालन गर्ने ,
आगामी तिन बर्ष सम्म दिपायल सिलगढी नगरपालिका का ९ वटै वडा का ६ सय दलित महिला को आर्थिक सामाजिक बिकास हुने संस्था ले जनाएको छ।
स्थानीय तहको बिगतको पाच बर्ष सम्म दलित को लागि स्पस्ट कार्यक्रम तयारी नभएको अब आउने नया जनप्रतिनिधि लाइ स्पष्ट निति तथा कार्यक्रम गरेर बजेट तयारी गर्नको लागि यस्ता कार्यक्रम गर्नु पर्ने सहभागी हरुले बताएका थिए।
नेपाल को संबिधान २०७२ ले सम्मान तवरले सहभागी हुनु पाउने अधिकार भएपनि अझै दलित महिला को सहभागिता नभएकाले यस्ता संस्था हरुले कार्यक्रम गरेर सम्मान पुर्वक सहभागिता भइ आर्थिक सामाजिक समतामूलक सहभागीता हुने जिल्ला समन्वय समिति डोटी का प्रमुख राम ऐरले बताउनुभयो।
ब्रेड फर दि वर्ल्ड को आर्थिक सहयोगमा र दलित महिला संघ नेपाल को आयोजना मा आयोजित परिचयात्मक कार्यक्रम मा जिल्ला समन्वय समिति डोटी का प्रमुख राम ऐर उप प्रमुख ससी सोप, जनप्रतिनिधि, दलित अधिकार कर्मी,गैर सरकारी संस्था महासंघ सुदुरपश्चिम प्रदेश का उपा अध्यक्ष रघु कठायत, पत्रकार लगायतको उपस्थिति रहेको थियो।