दिपेन्द्र खड्का ,डोटी
विश्व खाद्यय कार्यक्रम को सहयोगमा सामुदायिक विद्यालयमा संचालित दिवा खाजा कार्यक्रम शिक्षा विकास तथा समन्वय ईकाइ डोटी ले विद्यार्थिलाई घर लैजाने खाद्यन्नको रुपमा मिति २०७८। १२।२० गते बाट वितरण सुरु गरेको छ ।
जिल्ला भरीका ९ स्थानिय तह का ४१४ विद्यालयका ४४ हजार २ सय ९२ विद्यार्थिलाई प्रत्यक लाई ४ केजि चामल १ केजि दाल १.५लिटर का दर ले पोषिलो खद्यान्न वितरण कार्य निरन्तररचलिरहेकोृ छ ।
विद्यार्थिले नियमित रुपमान विद्यालयमा दिवा खाजा स्वरुप पोषिलो खाना विश्व खाद्य यकार्यक्रम र नेपाल सरकार को सहयोग बाट पाउदै आएका भए पनि बालवालिका ले घरमा समेत पौष्टिक आहार पाउन भन्ने उद्देश्यका साथ घरमा पनि खाद्यान्न वितरण सुरु गरीयको विश्व खाद्यय कार्यक्रम डोटी जिल्ला संयोजक सृजना ढकाल को भनाई रहेको छ ।
वार्षिक रुपमा जिल्ला भरीका ४१४ सामुलायिक विद्यालय लाइ जम्मा २४१.७९० मेट्रीक टन खाद्यान्न विनियोजन गरीय को उहाले भताउनुउनु भयो । विद्यालय र घर मा पौष्टिक आहार पाउन थाले पछि विद्यालयमा नियमितरुपमा स्कुल समेत आउन थाले को पूर्विचौकी गा.पा. ४ मा रहेको सरस्वति माध्यामिक विद्यालय का शिक्षक सान्त बहादुर बटाला ले जानकारी दिनु भएको छ ।

याे पनि हेर्नुस्
- फेसबुकबाट प्रतिक्रिया
- Disqus Comments