Badikedar Khabar

टीकापुरका गोविन्द श्रेष्ठद्वारा बसपार्कका लागि करोडौँको जग्गा दान

टीकापुर कैलाली । कैलालीको टीकापुरका गोविन्द श्रेष्ठले बसपार्कका लागि जग्गा दान गर्नुभएको छ ।

टीकापुर नगरपालिका वडा नम्बर ९ झुंगाका श्रेष्ठले वडामा बसपार्क निर्माणका लागी आफ्नो नाममा रहेको ७ कट्ठा जग्गा दान गर्नुभएको हो ।

वडा अध्यक्ष लौटन चौधरीको रोहवरमा गएको शुक्रवार जग्गाको नामसारी गरिएको वडा कार्यालयले जनाएको छ ।

हुलाकी सडक र खक्रौला सडक बसपार्क सञ्चालन गर्नका लागी उपयुक्त स्थान भएकोले ४५ हजार ९ सय ३८ रुपैयाँ लाभांश कर मात्र तिरेर जग्गा पास गरिएको वडा अध्यक्ष चौधरीले जानकारी दिनुभयो ।

सो जग्गाको मूल्य स्थानीय चलन चल्तीको दरमा करिब १ करोड रुपैयाँ रहेको छ ।

श्रेष्ठले यसअघि पनि नेपाल रेडक्रस सोसाइटी भजनी शाखालाई १ करोड मूल्य बराबरको साढे ६ कट्टा र वडाकै सेतिमैयां चौधरी मावि झुंगालाई १ कट्टा जमिन दान गर्नुभएको थियो ।

याे पनि हेर्नुस्
Loading...