Badikedar Khabar

मधेसको समस्या नेपाली काँग्रेसले समाधान गर्दछ : उपसभापति यादव

बारा  । नेपाली काँग्रेस मधेस प्रदेशका उपसभापति चन्द्रशेखर कुमार यादवले तराई मधेसका जनताको समस्या समाधान गर्ने पार्टी नेपाली काँग्रेस मात्र रहेको बताउनुभएको छ ।

नेपाली काँग्रेस बारा जिल्लाका नव निर्वाचित पदाधिकारीसहित कार्यसमितिहरुसँगको शुभकामना आदानप्रदान एवम् परिचयात्मक कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उपसभापति यादवले मधेस केन्द्रित दलका नेताहरू सता र शक्तिका लागि मात्र राजनीतिक गरिरहेको बताउनुभयो ।

jnhit

मुलुकको समृद्धि, विकास, शान्ति सुव्यवस्था कायम गर्दै विधिको शासन कायम गराउने पार्टी नेपाली काँग्रेस रहेको चर्चा  गर्नुहुँदै उहाँले  देशको निकासका लागि पनि पार्टी जहिले पनि अग्रपंतिmमा रही काम गरिरहेको बताउनुभयो ।

मुलुकको हरेक परिवर्तनमा नेपाली काँग्रेसले खेलेको भूमिका महत्त्वपूर्ण रहेको भन्नुहुँदै उपसभापति यादवले देशको पहिलो पार्टी बनाउनका लागि आगामी निर्वाचनमा काँग्रेसलाई मतदान गर्न आग्रह समेत गर्नुभयो ।

फरक प्रसङ्गमा उहाँले पार्टीमा सहमति, सहकार्य र एकता कायम गर्दै सबैलाई एकताको सूत्रमा बाँधी एक ढिक्का बनाई काँग्रेसलाई अगाडी बढाउन दायित्व नव निर्वाचित नेतृत्वको भएको भन्नुहुँदै आफ्नो जिम्मेवारी बहन गर्न आग्रह गर्नुभयो  ।

sugag
याे पनि हेर्नुस्
Loading...