Badikedar Khabar

नेपाल ताजिकिस्तानसँग ११–१ ले पराजित

काठमाण्डाै – नेपालले एएफसी फुटसल एसियन कप छनोटमा लगातार दोस्रो हार बेहाेरेकाे छ ।

किर्गिस्तानको बिश्केकमा आज साेमवार भएकाे खेलमा नेपालले ताजिकिस्तानसँग ११–१ गाेलकाे फराकिलाे हार बेहाेरेकाे हाे । याे खेलमा नेपालले सुरुवाती अग्रता बनाए पनि फराकिलाे हार बेहाेरेकाे हाे । पहिलो हाफ एक–एक गोलको बराबरीमा सकिए पनि ताजिकिस्तानले १० गाेल नै दोस्रो हाफमा गर्‍याे ।

यसअघि उज्वेकिस्तानसँगकाे पहिलाे खेलमा नेपाल पाँच–एक गोल अन्तरले पराजित भएको थियो । आजकाे हारसँगै नेपाल समूह चरणबाट बाहिरिएकाे छ । अबि नेपालले अन्तिम खेलमा भोलि मङ्गलवरा अफगानिस्तानसँग खेल्ने छ ।

याे पनि हेर्नुस्
Loading...