Badikedar Khabar

नदीमा डुबेर एक बृद्धाको मृत्यु

डोटी- सेती नदीमा डुबेर एक बृद्धाको मृत्यु भएको छ । केआइसिंह गाउँपालिका– ६ भिताडीका ६० वर्षीय राम ताम्राकारको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतक ताम्राकार शिखर नगरपालिका–२ मुडेगाउँ स्थित कालागाडनजिकै रहेको धार्मिकस्थल सालमुनिमा पूजामा गएका थिए । पूजामा गएका समयमा सेती नदीमा नुहाउने क्रममा डुवेर उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख प्रहरी नायव निरीक्षक रुप सिंह थापाले जानकारी दिए ।

याे पनि हेर्नुस्
Loading...