जनता समाजवादी पार्टी (जसपा) का सुदूरपश्चिम प्रदेश अध्यक्ष कृष्णकुमार चौधरीले राजीनामा दिएको घोषणा दिएका छन् । मंगलबार उनले सामाजिक सञ्जालमार्फत आजको मितिबाट आफू जसपाको सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएको घोषणा गरेका हुन ।

यस्तै चौधरीले राजीनामा घोषणा गरेसंगै नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । मंगलबार चौधरी लगाएत अन्य नेता तथा कार्यकर्ताहरुले माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
माओवादीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले चौधरीसहितका नेताहरुलाई पेरिसडाडास्थित कार्यालयमा आयोजित एक कार्यक्रममा स्वागत गरेका छन् । चौधरी जनयुद्धका बेला देखि नै माओबादीमा थिए । त्यसपछि उनी डा. बाबुराम भट्टराइको नयाँ शक्ती हुँदै जनता समाजवादीमा लागेका थिए । केही दिन अघि सुदूरपश्चिम प्रदेश सरकार पुनर्गठन हुँदा चौधरी असन्तुष्ट थिए
