पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालको प्रयोशालामा थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
२१ नमूनाको कोरोना परिक्षण गरिएकोमा थप दुई जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए ।
यस्तै सोही अवधिमा थप २ जना कोरोना संक्रमित अस्पतालमा भर्ना भएका छन् । हाल अस्पतालमा एक जनाको उपचार भइरहेको छ ।