Badikedar Khabar

धनगढीमा चोरी नियन्त्रण सम्बन्धी सचेतना कार्यक्रम गरीएको छ

धनगढी    समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत धनगढीमा चोरी नियन्त्रण सम्बन्धी सचेतना कार्यक्रम गरीएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीसंगको समन्वयमा सामुदायिक प्रहरी सेवा केन्द्र हसनपुरले धनगढी उपमहानगरपालिका–६, जाली पिपल चौकमा कार्यक्रमको आयोजना गरेको हो ।

 

चाडपर्वमा हुने चोरी, घरेलु हिंसा, झैझगडा रोकथामका लगायतका घटना रोक्न सेवा केन्द्रले जिल्ला प्रहरी कैलालीसंग समन्वय गर्दै वडा नम्बर ६ का जनप्रतिनिधी, बिद्यार्थी, समाजसेवी, क्लवका पदाधिकारी तथा सदस्यसंग अन्तरक्रिया गरेको सामुदायिक प्रहरी सेवा केन्द्र हसनपुरका अध्यक्ष जनकराज पाण्डेले बताए । उनले यस्ता बिकृति रोक्न सबैको भूमिका अहम हुने बताए ।

 

सेवा केन्द्रका प्रहरी ईन्चार्ज प्रहरी सहायक निरीक्षक पुष्कर दत्त पनेरुले चोरी, घरेलु हिंसा, झैझगडा नियन्त्रण गर्न प्रहरीलाई सूचना दिन आग्रह गरे । तपाईहरु सचेत भए धेरै हदसम्म यस्ता घटना रोकिन्छ पनेरुले भने, ‘तपाईहरु सूचना दिनुस् हामी गलत कृयाकलाप रोक्न तयार छौ ।’

सेवा केन्द्रका सचिव भिम चौधरीले सञ्चालन गरेको कार्यक्रममा वडा नम्बर ६ का सदस्य महेन्द्र थापा, न्यु उपदेश युवा क्लवका अध्यक्ष श्रवण देउवा लगायतले धारणा राखेका थिए । कार्यक्रममा बिद्यार्थी, स्थानीय क्लवका पदाधिकारी तथा सदस्य, स्थानीय बुद्धिजिवीको उपस्थिती रहेको थियो ।

याे पनि हेर्नुस्
Loading...