धनगढी २ बैशाख / कैलालीमा आफ्नै शरीरमा आगो लगाएका एक युवकको मृत्यु भएको छ। जिल्लाको कैलारी गाउँपालिका-२ मझेराका २९ वर्षीय अम्मर चौधरीले बिहीबार राति मादक पदार्थ सेवन गरी आफ्नै शरीरमा डिजल छर्की आगो लगाएका प्रहरीले बताएको छ।
उनलाई उपचारका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पताल ल्याइएकामा शुक्रबार बिहान उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।