Badikedar Khabar

धनगढीमा रात्रीकालिन महिला गोल्डकप फुटवल प्रतियोगिता हुने

धनगढी,२ वैशाख/धनगढीमा रात्रीकालीन महिला गोल्डकप हुने भएको छ । वनदेवी युवा क्लबको आयोजनामा बैशाख ३ गते देखी धनगढी रंगशालामा प्रथम राष्ट्रिय मुख्यमन्त्री विवाइसी महिला गोल्डकप फुटबल प्रतियोगिताको हुने भएको हो ।

नयाँ वर्षको अवसर पारेर धनगढीमा सुरु हुन लागेको प्रथम राष्ट्रिय मुख्यमन्त्री विवाइसी महिला गोल्डकप फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ। आयोजक वनदेवी युवा क्लबले आज धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा महिला गोल्डकपको तयारी पूरा भएको जनाएको हो । दिउँसो अत्याधिक गर्मिहुने भएकोले पहिलो पटक रात्रिकालीन प्रतियोगिता आयोजना गर्न लागेको क्लबका अध्यक्ष शुसन जोशीले जानकारी दिए ।

“खेलकुदको विकास नै उन्नत समाज र देशको विकास हो” भन्ने मुल नारा सहित हुन महिला गोल्डकप नेपालमै महिला फुटबल खेलाडीहरुको सहभागीता रहने सर्वाधिक धनराशीको प्रतियोगिता रहेको उनको दावी रहेको छ । सुदुरपश्चिममै महिला गोल्डकप फुटबल प्रतियोगिता त्यो पनि रात्रीकालिन गरी नौलो गर्न खाजेको अध्यक्ष जोशीले बताए । रात्रीकालिन भएकोले पनि सुदूरपश्चिममा यो प्रतियोगितालाई विशेष रुपमा हेरिएको जोशीले बताए ।

‘सुदुरपश्चिम प्रदेशमा फुटबलको चहलपहल बढाउने, यहाँका अभिभावकहरुलाई फुटबल खेलतिर उत्प्रेरित गराउने, सुदुरपश्चिमलाई खेलकुद पर्यटनको माध्यमबाट चिनाउने तथा तथा सुदुरपश्चिमका महिला फुटबल खेलाडीलाई व्यवसायिक बनाउने उद्देश्य सहित यो प्रतियोगिता आयोजना सुरु गरेका हौं ।’ अध्यक्ष जोशीले भने–‘ प्रतियोगिताले सुदुरपश्चिमका धेरै महिला खेलाडीको सम्भावनालाई उजागर गर्ने कुरा स्पष्ट छ ।’

विभागीय टिम सहित ८ क्लबको सहभागिता रहेको प्रतियो विजेता टिमले ट्रफी सहित नगद ५ लाख र उपविजेताले ट्रफी सहित २ लाख ५० हजार रुपैयाँ पुरस्कार राशी प्राप्त गर्नेछ । प्रतियोगितामा म्यान अफ दी म्याचलाई ५ हजार, त्यस्तै विभिन्न विद्याका उत्कृष्ट खेलाडीलाई १० हजार र प्रतियोगिता भरी उत्कृष्ट हुने खेलाडीले नगद ५० हजार रुपैयाँ प्राप्त गर्ने छ । महिला गोल्डकप सञ्चालनका लागि करिब १ करोड रुपैयाँ खर्च लाग्ने अध्यक्ष जोशीले बताए ।

टाइसिट तथा ट्रफी सार्वजनिक

शनिबार देखि सुरु हुने महिला गोल्डकपको टाइसिट सार्वजनिक गरिएको छ । पहिलो खेल विभागीय टिम नेपाल पुलिस क्लब र चन्द्रपुर नगरपालिका रौतहटका बिच हुने छ । धनगढीमा पत्रकार सम्मेलनको आयोजना गरी शुक्रबार ट्रफी समेत सार्वजनिक गरिएको छ ।

वनदेवी युवा क्लब तेघरी लामो समयदेखि खेलकुद क्षेत्रमा सक्रिय रहदैं आएको छ । क्लबले सुदुरपश्चिममा गोल्डकप आयोजना गर्नुअघि प्रदेशकै सर्वाधिक धनराशीको फुटबल प्रतियोगिता आयोजना गर्दै आएको थियो । प्रदेशमा आयोजना हुने विभिन्न फुटबल प्रतियोगिताहरुको उपाधि समेत जितेको छ ।

याे पनि हेर्नुस्
Loading...