काठमाडौँ, २ वैशाख । चर्चित गायिका मेलिना राईले चर्चित म्युजिक एरेन्जर तथा चर्चित गिटारिस्ट सञ्जीव बराइलीसँग बिहे गर्ने भएकी छन्।उनीहरुले शुक्रबार औँठी साटेर इन्गेज्मेन्ट पनि गरेका छन्। मेलिनाले फेसबुक पेजमार्फत सञ्जीवसँगको तस्बिर सार्वजनिक गर्दै बिहे गर्न लागेको जानकारी दिएकी छन्।
मेलिनाले नयाँ सुरुवातु भन्दै सञ्जीव बराइलीसँगको तस्बिर फेसबुकमा राखेकी छन्। टुबीहजबेन्डु मेलिनाले भनेकी छन्।उनीहरुबीच यही वर्ष बिहे हुने भएको छ। तर दुवैले मिति भने सार्वजनिक गरेका छैनन्।