Badikedar Khabar

एन एम बी बैंक द्धारा डस्बीन सहयोग

गणेश मौनी

बैशाख २ डोटी , एन एम बी बैंक डोटी शाखाले शैलेश्वरी क्षेत्र बिकास समितीलाई डस्बीन सहयोग गर्नुका साथै मन्दिर परिसरमा सरसफाई गरेको छ ।

प्राकृतीक सम्पदाको संरक्षण गर्ने हेतुले फोहोर ब्यवस्थापन गर्न शैलेश्वरी क्षेत्र बिकास समितलाई डस्बीन सहयोग गरेको एन एम बी बैंक दिपायल शाखाका शाखा प्रमुख मनीराज भट्टले बताए । बैंकको सामाजिक उत्तरदायीत्व अन्र्तगत डोटीको प्रशिद्ध मन्दिर शैलेश्वरीमा सरसफाई गर्नुका साथै डस्बीन सहयोग गरेको सिलगढी एक्सटेन्सन काउन्टर इन्चार्ज मोहन बिष्टले बताए ।

सम्पदा पद यात्रा २०२२ अन्र्तगत बैंकका कर्मचारीहरुले ब्यानर सहित सिलगढी बजार परिक्रम गरेर मन्दिर परीसर सरसफाई गरेको थियो । सरसफाई कार्यक्रममा स्थानीयको पनि सहभागिता रहेको थियो ।

याे पनि हेर्नुस्
Loading...