Badikedar Khabar

महोत्तरीमा घाँस काट्न गएकी महिला मृत फेला

महोत्तरी – महोत्तरीको मनरासिस्वा नगरपालिका–३ वनमा गएराति एक महिलाको शव फेला परेको छ ।

सम्सी गाउँपालिका–५ पोखरभिण्डा बस्ने सोगारथ साहकी पत्नी ५९ वर्षीया जिवशीदेवी हिजाे बेलुकी घाँस काट्न वनमा जानु भएकाे र रातिसम्म नफर्केपछि खोजतलास गर्दै जाँदा वनमा मृत अवस्थामा फेला पर्नुभएकाे थियाे ।

जाँचबुझ गर्दा उहाँको शरीरमा कुनै  चोटपटक नदेखिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताउनुभयाे ।

प्रहरीले यस घटनाबारे अनुसन्धान भइरहेकाे जानकारी दिएकाे छ ।

याे पनि हेर्नुस्
Loading...