Badikedar Khabar

स्याङ्जा जीप दुर्घटना अपडेट : मृतक पाँच जनाकाे पहिचान खुल्यो

स्याङ्जा – स्याङ्जाको वालिङमा भएको जीप दुर्घटनामा परि ज्यान गुमाउने पाँच जनाकाे पहिचान खुलेकाे छ । वालिङ नगरपालिका-१२ सिर्सेकोटबाट वालिङ-१३ को बायाँटारीका लागि छुटेकाे ग १ ज ७३९९ नम्बरकाे जीप वालिङ-१२ को फिरफिरेमा दुर्घटनामा परेकाे हाे ।

दुर्घटनामा वालिङ नगरपालिका-१२ डाँडाखर्कका ६५ वर्षका वीरबहादुर डाला मगर, ४५ वर्षका हिराकुमार डाला, २५ वर्षकी शर्मीला सारु, उहाँका ७ महिनाका छोरा गौरव सारु र वालिङ नगरपालिका-१४ की ६१ वर्षकी कुलकुमारी कनौचे रहेका प्रहरीले जनाएकाे छ । दुर्घटनामा परि चार जनाको घटनास्थलमा नै र एक जना बालकको उपचारका लागि अस्पताल ल्याउँदै गर्दा बाटोमै ज्यान गएको प्रहरी निरीक्षक पद्मराज थापाले जानकारी दिनुभयो ।

दुर्घटनामा गम्भीर घाइते हुनेमा ६० वर्षका अङ्गबहादुर डाला, ५७ वर्षका दलबहादुर डाला, ५५ वर्षकी मायाकुमारी सारु, ३५ का योगेन्द्र थापा, १९ वर्षकी लक्ष्मी डाला र १८ वर्षकी नविना सारु रहेका जिल्ला ट्राफिक कार्यालय स्याङ्जाले जनाएको छ ।

घाइते ६ जनालाई उपचारका लागि पोखरा पठाइएको प्रहरी निरीक्षक थापाले जानकारी दिनुभयाे । जीपमा ११ जना यात्रु थिए।

याे पनि हेर्नुस्
Loading...