Badikedar Khabar

स्थानीय तह निर्वाचनको उम्मेदवारबारे प्रचण्ड र देउवाबीच छलफल

काठमाडौँ, ४ वैशाख । स्थानीय तह निर्वाचनको मिति नजिकिँदै गर्दा केही पालिकाहरुमा उम्मेदवारीको विषयमा समस्या देखिनथालेपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्री शेरबहादुर देउवाबीच गम्भीर छलफल भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा दुई नेताबीच छलफल भएको हो। उक्त छलफलमा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ पनि रहेका छन्।‘केही नगर र गाउँपालिकामा देखिएको उम्मेदवारीबारेको समस्या समाधानका लागि गम्भीर छलफल भइरहेको छ’, प्रचण्डको सचिवालयका एक सदस्यले भने।

jnhit

पछिल्ला दिन चितवनको भरतपुर महानगरपालिका, कञ्चनपुर जिल्लामा कांग्रेसका नेताहरुले नै गठबन्धन स्वीकार्न नसकिने भन्दै विज्ञप्ति जारी गरिसकेका छन्।

कांग्रेससहितको सत्ता गठबन्धन र राष्ट्रिय जनमोर्चाबीच आगामी स्थानीय तहको निर्वाचनमा गठबन्धन बनाएर जाने सहमति कार्यान्वयनमा जटिलता देखिएपछि त्यसको समाधानको लागि प्रचण्डले देउवासँग छलफल गरेका हुन्।

बालुवाटार स्रोतका अनुसार आजै बिहान नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पनि प्रधानमन्त्री देउवासँग छलफल गरेका थिए

sugag
याे पनि हेर्नुस्
Loading...