Badikedar Khabar

जीप दुर्घटनामा काँग्रेस बझाङ सभापति घाइते, माइला छोराको ज्यान गयो

धनगढी -जीप दुर्घटनामा नेपाली काँग्रेस बझाङका सभापति खड्क बोहराका माइला छोरा विनोद बोहराको ज्यान गएको छ । बझाङको सुर्माबाट धनगढीतर्फ जाँदै गरेको सुपप्र ०१(००१ च ००९५ नम्बरको जीप वित्थडचिर गाउँपालिका ४ देउलेख बजार नजिकै दुर्घटना हुँदा २७ वर्षीय विनोदको ज्यान गएको प्रहरीले जनाएको छ ।गए राति पौने १ बजे भएको दुर्घटनामा खड्क सामान्य घाइते भएका छन् ।

सवारी दुर्घटनामा घाइते भएकी खड्ककी कान्छी बुहारी अञ्जु बोहरालाई उपचारका लागि धनगढी रेफर गरिएको छ । घाइते खड्क, उनका कान्छा छोरा पारश तथा चालकसमेत रहेका भतिज गोकुल बोहरा र गोकुलका दुई आमा सिन्की बोहरा र रत्ना बोहराको देउलेख प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।

उनीहरु वैवाहिक कार्यक्रममा सहभागी हुन धनगढी हिँडेका थिए । जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी कमलप्रसाद चौधरीका अनुसार जीप अनियन्त्रित भएर दुर्घटनामा परेको हो ।

याे पनि हेर्नुस्
Loading...