काठमाडाैं । सत्तारुढ दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पाैडेलकाे नेतृत्वमा रहेकाे गठबन्धनकाे निर्वाचन तयारी तथा अनुगमन समितिकाे बैठक बिनानिष्कर्ष टुङ्गिएकाे छ । साेमबार भागबन्डा टुङ्ग्याउनेगरी बसेकाे बैठक निष्कर्ष नै ननिकाली सकिएकाे हाे ।
बिहान बसेकाे गठबन्धनका शीर्ष नेताहरूकाे बैठकले स्थानीय तहहरूमा भागबन्डा टुङ्ग्याउने जिम्मा कार्यदललाई दिएकाे थियाे । तर, कार्यदलकाे बैठक निष्कर्ष नै ननिकाली सकिएकाे हाे ।
प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा दिउँसाे १ बजेपछि शुरू भएकाे बैठकमा भागबन्डाकाे ‘प्रारुप’ तयार पार्ने भनिएपनि सहमति नजुट्दा त्याे हुन नसकेकाे कार्यदलका सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
उनकाअनुसार याे बैठक पुन: बस्नेछ । ‘बैठक पुन: बस्छ र काम गर्छ,’ सदस्य कार्कीले भनेका छन्, ‘अझै एकदिन चल्छ छलफल र सहमति जुट्छ ।’
महानगर र उपमहानगरबाहेकका स्थानीय तहको तालमेलको सन्दर्भमा प्रारुप बनाउन समितिलाई जिम्मा दिने निर्णय भएको थियो । समितिले नगरपालिका र गाउँपालिकामा भागबन्डाकाे प्रारुप तयार गरेर शीर्ष नेताहरुलाई बुझाउने भनिएको छ ।