Badikedar Khabar

एकीकृत समाजवादीबाट धनगढीको मेयर र उपमेयरको नाम सिफारिस

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले धनगढी उपमहानगरपालिकाको मेयर र उपमेयरको नाम सिफारिस गरेको छ ।
आइतबार धनगढी उपमहानगर कमिटीको बैंठकले मेयर र उपमेयरका लागि नाम सिफारिस गरेको हो ।
मेयरमा मदनराज रेग्मी, लोकेन्द्र बानियाँ को नाम सिफारिस गरेको छ । यस्तै उपमेयरमा रोजी बस्नेतलाई सर्बसम्मत उम्मेदार छनौट गरेको छ ।

नगर प्रमुखका उम्मेदार रेग्मी धनगढी उपमहानगर कमिटी अध्यक्ष हुन भने बाँनिया प्रदेश कमिटी सदस्य हुन । यस्तै उपमेयरका उम्मेदार बस्नेत उपमहानगर कमिटी उपाध्यक्ष हुन् ।
१९ वटा वडा रहेको धनगढी उपमहानगरका सबै वडामा समाजवादीले उम्मेदवारी घोषणा गरी चुनाबमा होमिने निर्णय समेत नगर कमिटीले गरेको छ ।

 

याे पनि हेर्नुस्
Loading...