Badikedar Khabar

रन्चुला हत्या प्रकरण : ७ जना बिरुद्ध जाहेरी दर्ता

कञ्चनपुरको बेदकोट नगरपालिका–७ मुसेपानीकी ४३ वर्षीया रञ्चुला साउद हत्या प्रकरणमा ७ जनाबिरुद्ध जाहेरी दर्ता भएको छ । मृतकका देवर पदम साउदले ७ जनाबिरुद्ध आइतबार प्रहरीमा जाहेरी दिएका हुन् ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक (डीएसपी) चक्रबहादुर शाहका अनुसार भीमदत्त नगरपालिका–७ हल्दुखालका धर्मानन्द भट्ट, वडा नं.१ बाराकुण्डाका नारायणदत्त भट्ट, मुसेपानीकी कमला साउद बिरुद्ध जाहेरी परेको छ । यस्तै स्थानीय कुबेरसिंह साउद, गौरी साउद, जानकी घडाल र चक्र साउद बिरुद्ध पनि उजुरी परेको छ ।

‘उनीहरुबिरुद्ध ज्यान मार्ने उद्योगमा जाहेरी परेको छ,’ डिएसपी शाहले भने, ‘जाहेरीको आधारमा अनुसन्धान भइरहेको छ ।’ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले ७ जनालाई अदालतमा पेश गरेको छ । जिल्ला अदालतबाट ७ दिनको म्याद थप भएको छ ,’ उनले भने ।
चैत २८ गते टाउको दुख्ने समस्या देखिएपछि रञ्चुला छिमेकी कमलाको घरमा पुगेकी थिइन् । त्यहाँ झारफुक गर्ने धर्मानन्द र नारायणदत्त भट्टले रञ्चुलालाई थारुको भूत लागेको बताएका थिए ।
धामीझाँक्रीको समूहले रञ्चुलालाई आगोमा तताएको फलामे रडले हानेर उनको मृत्यु भएको उनका आफन्तले बताउदै आएका छन ।

शव परिक्षण गर्न धनगढीबाट बिज्ञ मगाइयो

रन्चुला साउदको शव परीक्षण हुन सकेको छैन् । धामीझाँक्रीको कुटपिटबाट मृत्यु भएकी साउदको महाकाली प्रादेशिक अस्पतालमा राखीएको भएपनि परिक्षण हुन नसकेको हो । शव सडेकाले परिक्षण गर्न असहज भएको महाकाली प्रादेशिक अस्पतालले जनाएको छ ।

शव कुहिएकाले (फरेन्सीक) विज्ञबाट मात्रै परिक्षण गर्नुपर्ने भन्दै सेती प्रादेशिक अस्पताल कैलालीबाट विज्ञ माग गरेको जनाएको छ । महाकाली प्रादेशिक अस्पतालका सुचना अधिकारी उषा भट्टका अनुसार धनगढीबाट (फरेन्सीक) विज्ञ पुग्ने बित्तिकै शव परिक्षण हुने बताइन् । उनले सम्भवत आज नै शव परिक्षण भएर रिर्पोट आउन सक्ने बताइन् ।

याे पनि हेर्नुस्
Loading...